देउवाले उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाए

हिमाल प्रेस १७ फागुन २०८० १७:११ | Thursday, February 29, 2024
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलका लागि बोलाए

काठमाडौँ-  कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बोलाएका छन्। उनले आफ्नाे निवास बुढानिलकण्ठमा छलपलका लागि बोलाएका हुन्।

छलफल समसामयिक राजनीतिक विषयमा केन्द्रित हुनेछ। कांग्रेसले ७ देखि १० फागुनमा महासमिति बैठक सम्पन्न गरेको थियो। त्यस्तै, आमागी २७ फागुनमा हुने राष्ट्रियसभा अध्यक्षको चुनावमा कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने तयारी गरेको छ। उता सत्ता साझेदार दल माओवादीको स्थायी कमिटीले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको बारेमा पनि छलफल हुनेछ।

प्रकाशित: १७ फागुन २०८० १७:११ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast