दूरसञ्चार प्राधिकरणले भन्यो : टिकटक चलिरहेको भए जानकारी गराउनू

हिमाल प्रेस १२ फागुन २०८० ७:४२ | Saturday, February 24, 2024
दूरसञ्चार प्राधिकरणले भन्यो : टिकटक चलिरहेको भए जानकारी गराउनू

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ।

प्राधिकरणले शनिबार सूचना प्रकाशित गरेर नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको भएपनि अझै केही सेवा प्रदायकहरूको नेटवर्कमा टिकटकको पहुँच पुगिरहेको पाइएकाले त्यस्ता सेवा प्रदायक कम्पनीहरूबारे जानकारी दिन भनेको हो।

सरकारको निर्णय कार्यान्वयन नगर्ने केही इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई स्पष्टिकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाइएको समेत प्राधिकरणले जानकारी दिएको छ।

सरकारको निर्णय कार्यान्वयनका लागि प्राधिकरणले दिएको निर्देशन पालना नगरेको पाइए दूरसञ्चार ऐन २०५३ बमोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

‘साथै टिकटकमा पहुँच पुगिरहेको/टिकटक चलिरहेको भए प्राधिकरणको इमेल ठेगानामा इमेल गरी त्यस्तो इन्टरनेट कम्पनीको बारेमा जानकारी गराउनुहुन समेत सबै इन्टरनेट सेवाग्राहीलाई अनुरोध गरिएको छ,’ प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ।

प्रकाशित: १२ फागुन २०८० ७:४२ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast