दलित समुदायमाथिको भेदभाव अझै रोकिएन : सहमहामन्त्री परियार

हिमाल प्रेस १० फागुन २०८० १८:०८ | Thursday, February 22, 2024
दलित समुदायमाथिको भेदभाव अझै रोकिएन : सहमहामन्त्री परियार

ललितपुर- नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले देशमा दलित समुदायमाथि भेदभाव कायमै रहेको बताएका छन्। उनले २१ औँ शताब्दीमा पनि दलित समुदायका व्यक्तिलाई कुकुरभन्दा पनि तल बनाइएको बताए।

‘२१ औँ शताब्दीमा पनि दलित समुदायलाई कुकुरभन्दा तल बनाइयो। छोइछिटो गरियो। यस्ता परम्परालाई अन्त्य गरी अघि बढ्नुपर्नेछ’, कांग्रेसको महासमिति बैठक समापन समारोहमा बिहीबार सम्बोधन गर्नै परियारले भने। उनले जातीय विभेद अन्त्य गर्न त्यस्ता समुदायका व्यक्तिलाई राज्यका निकायमा समानुपातिक ढंगबाट प्रतिनिधित्व गराउनुपर्ने बताए।

‘देशमा रहेका सबै जातजाति भाषाभाषीको सुरक्षित निर्वाचित क्षेत्र बनाएर समानुपातिक ढंगबाट राज्यको निकायमा प्रतिनिधितव ल्याउनुपर्छ’, परियारले भने।

उनले जनताले पार्टीका नेताहरूलाई धेरै प्रश्न गरेको र अब जवाफ दिन ढिलो गर्न नहुने पनि बताए। पार्टी नेतृत्वले तल्लो तहका कार्यकर्ताको भावना सम्बोधन गरेर संगठन निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १० फागुन २०८० १८:०८ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast