थापाथलीबाट हराएको बच्चा फेला, एक महिला पक्राउ

हिमाल प्रेस १२ फागुन २०८० ७:१७ | Saturday, February 24, 2024
थापाथलीबाट हराएको बच्चा फेला, एक महिला पक्राउ बच्चा चोरी गरेर जाँदै गरेकी मनकुमारी। सीसीटीभीमा कैद भएको तस्बिर

काठमाडौँ- काठमाडौँका थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार शिशुलाई काठमाडौँको काँडाघारीमा सकुशल फेला पारिएको हो। शिशु लिएर जाने महिला पनि पक्राउ परेको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।

हिजो दिउँसो प्रसूति गृहबाट २६ दिनको शिशु एक महिलाले लिएर गएकी थिइन्। सीसी टीभीमा कैद भएको दृश्यमा मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको देखिएको थियो। शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दिएका थिए।

उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेका थिए। त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ।

प्रकाशित: १२ फागुन २०८० ७:१७ | Saturday, February 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast