त्रिदेशीय टी-२० शृंखला : नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

हिमाल प्रेस १६ फागुन २०८० ७:३९ | Wednesday, February 28, 2024
त्रिदेशीय टी-२० शृंखला : नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौँ- त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको दोस्रो खेलमा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदेछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा त्रिदेशीय श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा हुनेछ।

मंगबारदेखि भएको शृंखलाको पहिलो खेलमा नेपाल यसअघि नामिबियासँग २० रनले पराजित भएको थियो। नेदरल्यान्ड्सको भने जारी शृंखलामा यो पहिलो खेल हो।
खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।

नेपालले यसै वर्षको जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलका लागि सहभागी टिमसँग शृंखला आयोजना गरेको हो। जसमा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स सहभागी छन्।

आजको खेलपछि नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ। शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन्। फाइनल खेल फागुन २२ गते हुनेछ।

प्रकाशित: १६ फागुन २०८० ७:३९ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast