तस्बिरमा कांग्रेस महासमिति बैठक

हिमाल प्रेस ७ फागुन २०८० १५:४५ | Monday, February 19, 2024
तस्बिरमा कांग्रेस महासमिति बैठक

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति देउवाले सोमबार बैठक उद्घाटन गरेका हुन्।

महासमिति बैठकमा फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदित नीति, सांगठनिक, समसामयिक राजनीतिक, नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा र लेखा परीक्षण प्रतिवेदन पेस हुनेछन्।

महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले मूल नीतिसम्बन्धी, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन्।

महासमिति बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्य एक सय १६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्य एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जनाको सहभागी भएका छन्।

   

 

प्रकाशित: ७ फागुन २०८० १५:४५ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast