डीएसपी हुँ भनेर अपशब्द बोल्ने श्रेष्ठ पक्राउ

हिमाल प्रेस ७ फागुन २०८० ११:२९ | Monday, February 19, 2024
डीएसपी हुँ भनेर अपशब्द बोल्ने श्रेष्ठ पक्राउ प्रहरी

काठमाडौँ– सार्वजनिक स्थलमा नेपाल प्रहरीको डीएसपी हुँ भनेर अपशब्द बोल्दै हिँडेका प्रविन श्रेष्ठ पक्राउ परेका छन्। उनलाई काठमाडौँको लाजिम्पाटबाट आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उनले सार्वजनिक हित, मूल्य, मान्यता र नैतिकताविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको हो। परिसरका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक अनुुसन्धान भइरहेको छ। ती व्यक्ति प्रहरी कर्मचारी नरहेको परिसरले स्पष्ट पारेको छ।

 

प्रकाशित: ७ फागुन २०८० ११:२९ | Monday, February 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast