‘डिग्री माइला’ को गीत ‘सुस्त सुस्त’

हिमाल प्रेस १३ फागुन २०८० १२:११ | Sunday, February 25, 2024
‘डिग्री माइला’ को गीत ‘सुस्त सुस्त’

काठमाडौँ– फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को ‘सुस्त सुस्त’ बोलको गीत सार्वजनिक भएको छ। फिल्मका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा अभिनीत गीतको भिडियो सार्वजनिक गरिएको हो।

दिल्लु चम्लागाईको शब्द रहेको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ। गीतमा एसडी योगीले नै संगीत भरेका छन्।

रामबाबु गुरुङ निर्देशित फिल्म थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरिएको छ। फिल्ममा आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

बाँसुरी फिल्मस्को ब्यानरमा बनेको फिल्मको ट्यागलाइन चर्चित नेपाली उखान ‘किन चाउरियो मरिच, आफ्नै रागले’ भन्ने राखिएको छ।

फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटक २०६९ साल फागुनमा पहिलोपटक मञ्चन गरिएको थियो। नाटकका लेखक सायद अशोक हुन्। नाटक दयाहाङले नै निर्देशन गरेका थिए।

यस्ताे छ गीत

प्रकाशित: १३ फागुन २०८० १२:११ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast