टिपरको ठक्करबाट झापामा एकको मृत्यु

हिमाल प्रेस २८ माघ २०८० ८:३४ | Sunday, February 11, 2024
टिपरको ठक्करबाट झापामा एकको मृत्यु

दमक- झापामा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ।

शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं ३ मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ नको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटना हुँदा गम्भीर घाइते बनेका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्‍याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्षीया लीला गौतम घाइते भइन्।

दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले जनाकारी दिए ।

प्रकाशित: २८ माघ २०८० ८:३४ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast