 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने बताएका छन्।
उनले राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक निषेध गरे पनि सधै निषेधित र समाप्त नहुने बताएका छन्।
आज पार्टीले काठमाडौँमा आयोजित ‘त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव’को अबसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट व्यवस्था र तस्करतन्त्रमा रूपान्तरण भएको समेत टिप्पणी गरे।
देशमा वामपन्थी विचारको वर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको व्यवस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको थापाले जनाए।
उनले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गरे।
                            प्रकाशित: ७ फागुन  २०८० १३:४२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 