चैत २३ मा सर्‍यो ‘बद्री बहादुर’ को प्रदर्शन

हिमाल प्रेस ९ फागुन २०८० १६:३१ | Wednesday, February 21, 2024
चैत २३ मा सर्‍यो ‘बद्री बहादुर’ को प्रदर्शन

काठमाडौँ– शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुरः मिस्टर संखुवासभा’ आगामी चैत २३ मा प्रदर्शन हुने भएको छ।

यसअघि आगामी वर्ष असार २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो। निर्माण टिमले बुधबार नयाँ प्रदर्शन राखेर पुनः पोस्टर सार्वजनिक गरेका छन्।

पोस्टरमा ‘धेरै हाँस्न नसक्नेले यो फिल्म नहेर्नुहोला’ पनि भनिएको छ। यसबाट फिल्म हाँस्य विधामा आधारित रहेको अनुमान गर्न सकिन्छ।

पोस्टरमा कलाकार पूजा शर्मा, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, शोभित बस्नेत, सलोन बस्नेत र जयकिशन बस्नेत छन्। फिल्ममा अन्य कलाकार धीरेन शाक्य, उत्तम केसी, लय संग्रौला, एलिना गुरुङलगायतको पनि अभिनय छ।

कमेडी जनरामा बनेको फिल्म रामकाजी घिमिरेको लेखन छ। विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्।फिल्मको कार्यकारी निर्मातामा सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका सदस्यसमेत रहेका रवि अधिकारी छन्।

विनोद सापकोटाले छायांकन गरेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस‍्को ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: ९ फागुन २०८० १६:३१ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast