चितवनमा ट्रकसँग बस ठोक्किँदा २० घाइते, २ को अवस्था गम्भीर

हिमाल प्रेस २७ माघ २०८० ७:२३ | Saturday, February 10, 2024
चितवनमा ट्रकसँग बस ठोक्किँदा २० घाइते, २ को अवस्था गम्भीर

काठमाडौँ- रौतहटबाट आउँदै गरेको बस चितवनमा ट्रकसँग ठोक्किँदा २० जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गमा पर्ने राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नम्बरको बस शुक्रबार राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो।

घाइते हुने सबै बसका यात्रु रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। बसका चालक फरार छन्। उनको खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए। रासस

प्रकाशित: २७ माघ २०८० ७:२३ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast