‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

हिमाल प्रेस १ फागुन २०८० १५:३७ | Tuesday, February 13, 2024
‘चाइनिज न्यु इयर कप’ फुटबल सम्पन्न

काठमाडौँ- बीवाईडीले प्रायोजन गरेको नेपाल-चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर कप’ सम्पन्न भएको छ। दशरथ रंगशालमा भएको सो मैत्रीपूर्ण खेलामा नेपाली अन्डर-२३ टिमले चीनको किन्घाई युथ फुटबल टिमलाई ५-१ गोल अन्तरले हराउँदै विजयी भएको छ।

चिनियाँ दूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषद्द्वारा संयुक्त रुपमा आयोजना गरिएको खेललाई बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले प्रायोजन गरेको हो।

चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना भएको उक्त मैत्रीपूर्ण फुटबल म्याचसंगै नेपालको प्रख्यात म्युजिक ब्यान्ड कुटम्बले विभिन्न गीत प्रस्तुत गरेको थियो। साथै ड्रयागन, लायन र किरिन डान्सले दर्शकलाई अत्यधिक मनोरञ्जन प्रदान गरेको थियो।

कार्यक्रममा चीनका राजदुत चेन सब र नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहभागिता जनाएका थिए।

प्रकाशित: १ फागुन २०८० १५:३७ | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast