ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा अब पाँचथरको डेरी बजारमा पनि

हिमाल प्रेस ८ फागुन २०८० १८:४३ | Tuesday, February 20, 2024
ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा अब पाँचथरको डेरी बजारमा पनि

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका–१२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

यससँगै बैंकको शाखा रहित बैंकिङ सेवाहरूको संख्या २७५ पुगेको छ। शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, वडा नं. १२ का अध्यक्ष कमलप्रसाद चापागाईं तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरूपमा गरे।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सक्नेछन्।

प्रकाशित: ८ फागुन २०८० १८:४३ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast