गृहमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको शिष्टाचार भेट

हिमाल प्रेस १६ फागुन २०८० २०:३८ | Wednesday, February 28, 2024
गृहमन्त्री श्रेष्ठसँग लेबनानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ-  उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि लेबनानका गैरआवासीय राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेट गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध स्थापना भएको र हालसम्म दुई देशबीच सुमधुर सम्बन्ध रहेकामा खुसी व्यक्त गरेको उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए।

गृहमन्त्रीले लेबनान जस्तै नेपाल पनि आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको प्रक्रियामा रहेको उल्लेख गर्दै लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने बताए।

राजदूत लोरेन्जोले आफ्नो कार्यकालको यो चौथो नेपाल भ्रमण भएको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित हुँदै आएको बताए। नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरे।

प्रकाशित: १६ फागुन २०८० २०:३८ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast