गाजामा मृत्यु हुने प्यालेस्टाइनीकाे संख्या २८ हजार बढी

हिमाल प्रेस ५ फागुन २०८० १४:२७ | Saturday, February 17, 2024
गाजामा मृत्यु हुने प्यालेस्टाइनीकाे संख्या २८ हजार बढी फाइल तस्बिर

गाजा- गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११२ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ। साथै उक्त आक्रमणबाट अन्य १ सय ५७ जना घाइते भएका छन्।

प्यालेस्टिनी चिकित्सा स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार गाजाको दक्षिणी सहर रफाहमा इजरायली हवाइ आक्रमणमा कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ।

यसैबीच मन्त्रालयले इजरायली सेनाले आक्रमण गरेपछि गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसको नासेर अस्पतालमा अक्सिजन आपूर्ति रोकिएको र बिजुलीसमेत अवरुद्ध हुँदा ४ जना प्यालेस्टिनी बिरामीको मृत्यु भएको जनाएको छ। रासस/सिन्ह्वा

प्रकाशित: ५ फागुन २०८० १४:२७ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast