गाजामा इजरायली हवाई आक्रमण, ४० जनाको मृत्यु

हिमाल प्रेस ११ फागुन २०८० १३:४३ | Friday, February 23, 2024
गाजामा इजरायली हवाई आक्रमण, ४० जनाको मृत्यु

गाजा- मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने सयजना घाइते भएका छन्। गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले बिहीबार एक प्रेस विज्ञप्तिमार्फत यस्तो जनाएको हो।

प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले देइर अल–बलाह सहरका धेरै आवासीय घरहरूमा धेरै छापा मारी तिनीहरूलाई पूर्ण विनाश गरायो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितहरूको शव अल–अक्सा सहिद अस्पतालमा सारिएको उल्लेख गरेको छ।

इजरायली आक्रमणले छिमेकमा गम्भीर क्षति पुर्‍याएपछि मानिसलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू आक्रमण स्थलहरूमा पुगेको सुरुक्षा स्रोतले जानकारी दियो। चिकित्सा स्रोतका अनुसार अल–अक्सा सहिद अस्पताल हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ। रासस/सिन्ह्वा 

प्रकाशित: ११ फागुन २०८० १३:४३ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast