गरिबको पहिचान गरी परिचयपत्र वितरण गर्नेछौँ : भूमिमन्त्री श्रेष्ठ

हिमाल प्रेस २७ माघ २०८० ११:४७ | Saturday, February 10, 2024
गरिबको पहिचान गरी परिचयपत्र वितरण गर्नेछौँ : भूमिमन्त्री श्रेष्ठ फाइल तस्बिर/हिमाल प्रेस

चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन्।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन्।

मन्त्री चौधरीले भनिन्, ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ। यसलाई अझै प्रभावकारी रूपमा अघि बढाइने छ। गरिबी निवारणका लागि सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ।’

भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीलाई चाँडै नै जग्गा उपलब्ध गराइने जानकारी दिइन्।

प्रकाशित: २७ माघ २०८० ११:४७ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast