खुल्यो सर्वोत्तम सिमेन्टको आईपीओ

हिमाल प्रेस १३ फागुन २०८० ७:४२ | Sunday, February 25, 2024
खुल्यो सर्वोत्तम सिमेन्टको आईपीओ

काठमाडौँ- सर्वोत्तम सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ।
कम्पनीले पहिलोपटक बुकबिल्डिङ विधिद्वारा आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम ५० कित्तासम्मका लागि आवेदन दिनुपर्नेछ। यो अनिवार्य हो। ५० कित्ताभन्दा कम सेयरमा आवेदन दिन पाइने छैन।

कम्पनीले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअघि आयोजना प्रभावित जिल्लाका स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आईपीओ निष्कासन गरिसकेको छ।

कम्पनीको आईपीओमा न्यूनतम ५० कित्तादेखि १० हजार कित्ता सेयरमा आवेदन दिन सकिनेछ। आवेदन छिटोमा फागुन १६ सम्म खुल्ला रहने छ । उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे फागुन २७ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

 

प्रकाशित: १३ फागुन २०८० ७:४२ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast