काठमाडौँ- शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगको फागुन १ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।
न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबारदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

                            प्रकाशित: २ फागुन  २०८० ७:५६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

