क्यानडासँगको दोस्रो खेलमा फेरिए नेपाली टोलीका कप्तान, जोराले टस जितेर फिल्डिङ रोजे

हिमाल प्रेस ८ फागुन २०८० ९:२७ | Tuesday, February 20, 2024
क्यानडासँगको दोस्रो खेलमा फेरिए नेपाली टोलीका कप्तान, जोराले टस जितेर फिल्डिङ रोजे

काठमाडौँ- क्यानडा-११ विरुद्ध एकदिवसीय श्रृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ टोलीका कप्तान फेरिएका छन्।

आज विनोद भण्डारीको ठाउँमा अलराउन्डर सन्दीप जोराले कप्तानी गरेका छन्। नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजको छ।
मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ का कप्तान सन्दीप जोराले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन्।

नेपाल ‘ए’ टोलीमा दुई परिवर्तन गरेको छ। विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन्। विनोद बिरामी परेका कारण मैदानमा आएका छैनन्।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो ।

नेपालको प्लेइङ ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

बेन्च स् सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर ९कप्तान०, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, ओमार खालिद

बेन्च : दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि,

प्रकाशित: ८ फागुन २०८० ९:२७ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast