क्यानडाविरुद्ध ‘क्लिन स्विप’ लक्ष्यसहित मैदान उत्रिदै नेपाली टोली

हिमाल प्रेस २९ माघ २०८० ७:२४ | Monday, February 12, 2024
क्यानडाविरुद्ध ‘क्लिन स्विप’ लक्ष्यसहित मैदान उत्रिदै नेपाली टोली

काठमाडौँ- क्यानडाविरुद्धको एक दिवसीय श्रृंखलामा‘क्लिन स्विप’ लक्ष्यका साथ नेपाली टोली  आज मैदान उत्रिदैछ।

श्रृंखलाको अन्तिम वा तेस्रो खेल त्रिवि क्रिकेट मैदानमा अहिले सवा ९ बजे सुरु हुँदैछ। नेपालसँगै मैदान उत्रिने क्यानडा भने सान्तवना जितको खोजीमा रहनेछ। यसअघिका २ खेलमा नेपाली टोलीले सानदार प्रदर्शन गरेको थियो।

दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्।

ठूलो संख्यामा समर्थक उपस्थित भएपछि क्यानडाको टिमले दबाब महसुस गरिरहेको छ। श्रृंखलाको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो। यससँगै नेपाल विजेता बनेको हो।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले प्रस्तुत गरेको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।

बिहीबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा सबै विकेट गुमाएर २१७ रनमात्र बनाउँदा नेपालको जित सुनिश्चित भएको थियो।

क्यानडासँग नेपालले मैत्रीपूर्ण खेल खेलेको हो। यसलगत्तै नेपालले घरेलु मैदानमा नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टू श्रृंखला खेल्दैछ। उक्त श्रृंखला फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी-२० श्रृ‌ंखला हुनेछ। यो खेल १५ देखि २२ सम्म चल्नेछ। नेपालले फागुन १५ र १८ मा नमिबिया तथा १६ र १९ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।

प्रकाशित: २९ माघ २०८० ७:२४ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast