क्यानडाविरुद्धको निर्णायक खेलमा नेपाल ‘ए’ ले सुरुवातमा ब्याटिङ गर्ने

हिमाल प्रेस १० फागुन २०८० ९:२३ | Thursday, February 22, 2024
क्यानडाविरुद्धको निर्णायक खेलमा नेपाल ‘ए’ ले सुरुवातमा ब्याटिङ गर्ने

काठमाडौँ- नेपाल ‘ए’सँगको तेस्रो एक दिवसीयमा क्यानडा-११ले टस जितेको छ।

क्यानडाले टस जितेर बलिङ रोज्दा नेपाल ‘ए’ टोलीले सुरुवाती ब्याटिङ गर्ने छ। नेपाली टोलीका कप्तान सन्दीप जोराले सुरुवातमा ब्याटिङ गर्ने भएका हुन्।

मुलपानी क्रिकेट मैदानमा केही समयमा खेल सुरु हुनेछ।

पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो। दोस्रो खेलमा नेपाल विजयी भएको थियो।

नेपालले टोलीमा ४ परिवर्तन गरेको छ। मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन्।

नेपालको प्लेइङ-११ : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

बेन्च : रिजन ढकाल, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, विनोद भण्डारी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना, दिलप्रित बज्वा

बेन्च : श्रेयस मोभा, पर्गत सिंह, उदय भगवान सिंह, सहिद अहमदजाई,

प्रकाशित: १० फागुन २०८० ९:२३ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast