क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

हिमाल प्रेस २७ माघ २०८० १३:२६ | Saturday, February 10, 2024
क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

काठमाडौँ- एक दिवसीय श्रृंखलाको दोस्रो खेलमा पाहुना टोली क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले निर्धारित ५० ओभरमा २६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्‍यो।

क्यानडाका लागि आरोन जोनसनले ६५ र नवनीत धालीवालले ४६ रन बनाए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरे । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाए ।

अन्य ब्याट्सम्यानले भने दोहोरो अंक छुन सकेनन्।

टस हारेर बलिङको निम्तो पाएको नेपालका लागि भने रोहित पौडेल र कुशल मल्लले २/२ विकेट लिए।

पवन सराफ, आकाश चन्द र सूर्य तामाङ र सोमपाल कामीले समान १/१ विकेट लिए। पहिलो खेलमा सुरुवाती विकेट लिने रिजन ढकाल भने आज विकेट विहीन रहे। खेलको दोस्रो इनिङ्स केही समयमा
सुरु हुँदैछ।

प्रकाशित: २७ माघ २०८० १३:२६ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast