क्यानडाविरुद्ध नेपाल ‘ए’ को मध्यस्तरीय ब्याटिङ, २१७ रनको लक्ष्य

हिमाल प्रेस ६ फागुन २०८० १३:०६ | Sunday, February 18, 2024
क्यानडाविरुद्ध नेपाल ‘ए’ को मध्यस्तरीय ब्याटिङ, २१७ रनको लक्ष्य

काठमाडौँ- बसिर अहमदको अर्धशतकसँगै नेपाल ‘ए’ ले क्यानडा-११ लाई २१७ रनको मध्यस्तरको लक्ष्य दिएको छ। मूलपानीमा टस हारेर सुरुवाती ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २१६ रन बनाएको हो।

मूलपानीमा अहमतले ५० रनको पारी खेल्दा राशिद खान ४० रन र ओपनर मयन यादव ३५ रनमा समेटिए। किरण ठगुन्नाले २५ रन जोड्दा विवेक यादव २१ मा आउट भए।

सुन्दीप जोराले १४ रन ल्याउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। क्यानडाका लागि साद बीन जफरले ३, इश्वरजोत सोही २, दिलोन हेलियर, हर्स ठाकेर, सहिद अहमदजाईले समान १-१ विकेट लिए। क्यानडाविरुद्ध नेपालले तीन श्रृंखला खेल्दैछ। जसको पहिलो खेल आज भइरहेको छ।

केही दिनअघि मात्रै नेपाल क्रिकेट संघ क्यानले नेपाल ए टोली बनाएको थियो। अभ्यास खेलको रूपमा नेपालले क्यान्डालाई बोलाएको हो। पहिलो खेलको दोस्रो इनिङ्स केही बेरमा सुरु हुनेछ।

नेपालको कप्तानी विनोद भण्डारीले गर्दैछन्। नेपालको प्लेइङ-११ मा ब्याट्सम्यान अर्जुन कुमाल, अलराउन्डर विवेक यादव, प्रतिश जीसीलगायत परेका छन्। आजको खेलमा आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया, शेर मल्ल र रिजन ढकाल परेका छैनन्।

प्रकाशित: ६ फागुन २०८० १३:०६ | Sunday, February 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast