काठमाडौँ- नेपाल कोल्ड स्टोरेज संघको अध्यक्षमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भएका छन्।
संघको २९ औँ वार्षिक साधारणसभा तथा १० औँ अधिवेशनले श्रेष्ठ अध्यक्ष पदमा चयन गरेको हो।
यसैगरी संघको उपाध्यक्षमा विश्वेश्वरप्रसाद कुसवाहा, सचिवमा गोकुल बराल, कोषाध्यक्षमा नवराज थापा सर्वसम्मत निर्वाचित भएका हुन्।
नव निर्वाचित श्रेष्ठ चन्द्रागिरि नगर उद्योग वाणिज्य संघका अध्यक्षसमेत हुन्।
प्रकाशित: २८ माघ २०८० ११:५२ | Sunday, February 11, 2024
प्रतिक्रिया




