कैलालीमा विस्फोट हुँदा चारजना घाइते

हिमाल प्रेस १० फागुन २०८० ५:४९ | Thursday, February 22, 2024
कैलालीमा विस्फोट हुँदा चारजना घाइते

सुदूरपश्चिम- धनगढी–डडेलधुरा राजमार्ग अन्तर्गत कैलालीको भासुभीर सडकखण्डमा आज साँझ विस्फोटक पदार्थ विस्फोट हुँदा चारजना घाइते भएका छन् ।

सडक मर्मतसम्भार गर्दै गरेको अवस्थामा भएको विस्फोटबाट एस्काभेटरका चालक डडेलधुराको आलिताल गाउँपालिकाका २४ वर्षीय विकास थापा, कैलालीको चुरे गाउँपालिकाका ४५ वर्षीय वसन्त खड्का, सुर्खेत घर भई कञ्चनपुर बस्दै आएका रोलर अपरेटर २२ वर्षीय हीरा थापा र विराटनगर घर भई कञ्चनपुर बस्दै आएका ३५ वर्षीय नवीन देव घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
‘एस्काभेटरले सडकखण्ड फराकिलो पार्ने क्रममा अचानक विस्फोट भएको हो,’ उनले भने ।

घटनालगत्तै फलटुँडेबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । चारैजनाको अनुहार र आँखामा चोट लागेको छ ।

उनीहरू बोल्न सक्ने अवस्थामा रहेका प्रहरी नायब उपरीक्षक चन्दले बताए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइते सबै कामदार रहेको बताइएको छ । रासस

प्रकाशित: १० फागुन २०८० ५:४९ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast