केपी ओली कप : जावलाखेललाई हराउँदै एनआरटी फाइनलमा

हिमाल प्रेस १७ फागुन २०८० १५:२५ | Thursday, February 29, 2024
केपी ओली कप : जावलाखेललाई हराउँदै एनआरटी फाइनलमा

काठमाडौँ- जावलाखेल युथ क्लबमाथि ३-० को सहज जित निकाल्दै न्युरोड टिम (एनआरटी) केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा फाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन सन्जिव विष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे। खेलको पाँच मिनेटमै विवेकको गोलमार्फत एनआरटीले अग्रता लिएको थियो। उनले रन्दीप पौडेलको क्रसलाई फर्स्ट टचमै पोस्टको दिशा दिए।

५०औं मिनेटमा सन्जिवले टोलीको अग्रता दोब्बर बनाए। सन्जिबले रिचर्ड विलियम्सको थ्रु पासलाई नियन्त्रणमा लिँदै जावलाखेका रक्षक सुनिल खड्का र गोलकिपर युनेस चौधरीलाई बिट गर्दै जाली चुमाए।

सात मिनेटपछि नै सन्जिवले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। उनले पेनाल्ल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुमेको थियो।

त्यसपछि कुनै पनि टोलीबाट गोल हुन सकेन। एनआरटीले थ्री स्टारलाई १-० तथा जावलाखेलले आयोजक केपी ओली एफसीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

एनआरटीले उपाधिका लागि मछिन्द्र र मानेभञ्ज्याङ फुटबल क्लबबीचको विजेताँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: १७ फागुन २०८० १५:२५ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast