कृष्ण कँडेल भन्छन् : अफवाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जान्छु

हिमाल प्रेस ४ फागुन २०८० ८:१० | Friday, February 16, 2024
कृष्ण कँडेल भन्छन् : अफवाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जान्छु

काठमाडौँ- इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलले आफूविरुद्ध अफवाह फैलाउनेविरुद्ध कानुनी उपचारमा जाने बताएका छन्। शर्मिला श्रेष्ठ, खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेसहितले आफूहरूलाई अपमानजनक रूपमा जागिरबाट निकालिएको गुनासो बिहीबार पत्रकारसम्मेलनमा गरेपछि कँडेलले स्पष्टीकरण दिएका हुन्।

सामाजिक सञ्जालमा बिहीबार लेख्दै अध्यक्ष कँडेलले कुनै पनि प्रकारको शोषण नगरेको दाबी गरेका छन्। उनले लेखेका छन्, ‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दा गर्दै पनि केही कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिंगो संस्थालाई नै धरासायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तर्वार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुःखित छु।’

आफूमाथि लगाइएका सबै आरोप झुटा भएको दाबी उनको छ। उनले इन्द्रेणी सञ्चालनका विषयमा संस्थामा आबद्ध अन्य कलाकारसँग बुझ्न सकिने पनि उल्लेख गरेका छन्। कँडेलले आफूविरुद्ध लागेका झुटो आरोपहरू प्रकाशित गर्ने सञ्चारमाध्यम तथा अफवाह फैलाउने व्यक्तिविरुद्ध कानुनी उपचारमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

‘इन्द्रेणी के हो? कसरी चलेको छ भन्ने विषय हाल पनि यस संस्थामा ३० भन्दा बढी कलाकार तथा कर्मचारी आबद्ध रहेको हुँदा निजहरूसँग पनि प्रत्यक्ष बुझ्दा स्पष्ट हुने हुँदा झुटा भ्रमपूर्ण अभिव्यक्तिलाइ सञ्चार माध्यमहरूले एकतर्फी सम्प्रेषण नगरिदिनुहुन अनुरोध गर्दछु,’ कँडेलले लेखेका छन्।

प्रकाशित: ४ फागुन २०८० ८:१० | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast