कृषि र पशुपन्छीको छुट्टाछुट्टै ‘दुर्घटना बिमा’ गर्न प्राधिकरणको निर्देशन

हिमाल प्रेस ३ फागुन २०८० १५:२२ | Thursday, February 15, 2024
कृषि र पशुपन्छीको छुट्टाछुट्टै ‘दुर्घटना बिमा’ गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ- कृषि, जडीबुटी र पशुपन्छीको छुट्टाछुट्टै ‘दुर्घटना बिमा’ गर्न नेपाल बिमा प्राधिकरणले सम्बन्धित बिमा कम्पनीलाई निर्देशन दिएको छ। प्राधिकरणले दुघर्टना बिमासम्बन्धी ८ बुँदे निर्देशन जारी गर्दै सामूहिक खेती गर्ने किसानहरूले छुट्टाछुट्टै दुर्घटना बिमा गर्नुपर्ने व्यवस्था लागू गरेको जनाएको छ।

कृषि, पशुपन्छी तथा जडीबुटी बिमाले कृषकका हकममा न्यूनतम २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गनुपर्ने निर्देशनमा उल्लेख छ। बिमा शुल्क दुई सय रुपैयाँ हुने र दुघर्टनाबापत लाग्ने बिमा शुल्कमा अनुदान भने उपलब्ध नहुने प्राधिकरणको निर्देशनमा उल्लेख छ।

बिमालेखमा उल्लेख गरिएको बिमा अवधिभित्र वा बढीमा एक वर्षभित्र आत्महत बाहेकका अन्य कुनै पनि दुर्घटनाको कारण मृत्युमा भएमा बिमाबापतको बिमाङ्क रकम बिमाले बिमितलाई भुक्तानी पर्ने प्राधिकरणले जनाएको छ।

प्राधिकारणका अनुसार सामूहिक रूपमा गरिएको बिमाको हकमा बिमालेखमा आबद्ध प्रत्येक किसानको छुट्टाछुट्टै दुर्घटना बिमा गर्नुपर्ने, एकभन्दा बढी पटक कृषि, पशुपन्छी तथा जडीबुटी बिमालेख लिने कृषकलाई दुर्घटना बिमा लिन अनिवार्य नहुने, एक वर्षभन्दा कम अवधिका लागि जारी हुने बिमालेखमा समेत दुर्घटना बिमाबापत पूरा बिमा शुल्क लाग्ने र दुर्घटना बिमाको अवधिमा समाप्त हुनु अगावै कृषकलाई जानकारी गराउने जिम्मेवारी बिमा कम्पनीहरूनै हुने प्राधिकारणले जनाएको छ। यी सबैको अवधिमा एक वर्षको हुने जनाइएको छ।

प्रकाशित: ३ फागुन २०८० १५:२२ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast