कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता

हिमाल प्रेस १ फागुन २०८० १५:३० | Tuesday, February 13, 2024
कुमारी बैंकको आकर्षक ‘कुमारी गज्जब बचत’ खाता

काठमाडौँ- कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ। बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बिमा सुविधासहितकोे परिमार्जित सुविधा रहेको बैंकले जनाएको छ। न्यूनतम मौज्दात एक हजार रुपैयाँ रहेको यस खातामा बैंकले उच्च ब्याजदर वार्षिक ६.०१ प्रतिशत प्रदान गर्नुका साथै २० हजारसम्मको स्वास्थ्य बिमा सुविधा, निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराउनेछ।

बिमा योजनामा १६ देखि ६५ वर्ष उमेर समूहका खातावालले २० हजार रुपैयाँसम्मको स्वास्थ्य बिमा प्राप्त गर्न सक्नेछन्। योजनाको बिमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड छ।

बैंकले बचत खातामा थप परिमार्जन तथा अद्यावधिक गर्दै ग्राहक मैत्री तथा समय सान्दर्भिक बनाउँदै जाने भएको छ। दिगो आर्थिक विकासका लागि बचत परिचालन तथा स्वास्थ्य बिमा सुविधा आम मानव जीवनको महत्त्वपूर्ण दुई साधनका रुपमा विकसित हुँदै आएका छन्। कुमारी बैंकले यी दुई महत्त्वपूर्ण साधनहरूलाई एउटै योजनामा आबद्घ गरी आफ्ना ग्राहकहरु माझ प्रस्तुत गरेको छ।

न्यूनतम मौज्दात, उच्च ब्याजदर र स्वास्थ्य बिमा सुविधा तथा निःशुल्क डेबिट कार्डसमेत उपलब्ध गराएको ‘कुमारी गज्जब बचत खाता’ नेपाली बैंकिङ क्षेत्रमा उपलब्ध उत्कृष्ट बचत खातामा पर्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १ फागुन २०८० १५:३० | Tuesday, February 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast