काठमाडौँ- कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टरसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले ल्याबले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
नेसनल प्याथ ल्याब एन्ड रिसर्च सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित: २९ माघ २०८० १७:०७ | Monday, February 12, 2024
प्रतिक्रिया



