कामको आधारमा चुनाव जित्न नसके रुवाबासीको अर्थ हुँदैन : गगन थापा

हिमाल प्रेस २७ माघ २०८० १६:३२ | Saturday, February 10, 2024
कामको आधारमा चुनाव जित्न नसके रुवाबासीको अर्थ हुँदैन : गगन थापा गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन्।

नेपाल ड्मोक्र्याटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा थापाले अधिकांश स्थानीय सरकारलगायत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने भन्दै कामको आधारमा निर्वाचन जित्न नसके वाबासीको अर्थ नहुने बताएका हुन्।

आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्कोपल्ट जित्नका लागि आधार तयार गर्नुपर्ने थापाले बताए। थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्रको भनाइ पाँच वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे।

उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको बताए।

प्रकाशित: २७ माघ २०८० १६:३२ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast