काठमाडौँको सीतापाइलामा पतिपत्नी र दुई बालिकाको शंकास्पद मृत्यु

हिमाल प्रेस ९ फागुन २०८० १२:०९ | Wednesday, February 21, 2024
काठमाडौँको सीतापाइलामा पतिपत्नी र दुई बालिकाको शंकास्पद मृत्यु

काठमाडौँ- काठमाडौँको सीतापाइलामा एकै परिवारका चारजनाको शंकास्पद मृत्यु भएको छ। बुधबार राजु घिमिरे दम्पती र दुई सन्तानको शव भेटिएको हो। स्वयम्भू प्रहरी वृत्तकी डीएसपी पूर्णिमा चन्दका अनुसार ३८ वर्षीया ईश्वरी श्रेष्ठ तथा बालिकाहरू ८  वर्षीया अनिता श्रेष्ठ र साढे २ वर्षीया शिवानी श्रेष्ठको शव कोठामा भेटिएको छ। अनिता घिमिरे दम्पतीकी छोरी हुन् भने शिवानी नातिनी हुन्। राजुको शव स्वयम्भूको जंगलमा भेटिएको छ।

डीएसपी चन्दले भनिन्, ‘३९ वर्षीया आमा, ८ र २ वर्षीया बालिकाको हत्या गरी राजु घिमिरेले आत्माहत्या गरेको शंका छ।’ प्रहरी टोलीले घटनास्थलमा पुगेर थप अनुसन्धान अघि बढाएको उनले बताइन्। प्रहरीका अनुसार घिमिरेको स्थायी घर सोलुखुम्बु हो। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ९ फागुन २०८० १२:०९ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast