कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

हिमाल प्रेस २ फागुन २०८० १८:१७ | Wednesday, February 14, 2024
कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौँ- नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बस्ने महासमितिको बैठकको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन्।

कांग्रेसले महासमितिको बैठकको लागि तयार पारिने स्वागत गेटमा पार्टीका संस्थापक नेता बीपी कोइराला र सभापति शेरबहादुर देउवाको तस्बिर राख्ने पनि जनाएको छ। महासमिति बैठकको नारा ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली काँग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने रहेको बताए। उनले महासमितिको लागि उपत्यकाको सडकमा दायाँ र बायाँ, रिङरोड, सातदोबाटोदेखि कार्यक्रम स्थलसम्म झण्डा राखिने बताए।

उनले स्वागत गेट काठमाडौँका नागढुंगा, कलंकी, गोंगबु, महाराजगञ्ज, चाबहिल, कोटेश्वर, बल्खु, चोभार, ललितपरुरको बालकुमारी, सातदोबाटो, लुभु, गोदावरी, चापागाउँ, कुपण्डोल, भक्तपुरको साँगा, सूर्यविनायक, कमलविनायक, कौशलटार, जडिबुटी, काभ्रेपलाञ्चोकको भकुण्डेबेँसी, धुलिखेल, बनेपा, धादिङको गजुरी र नौबिसे, नुवाकोटको ककनी र जरसिङपौवामा रहने बताए।

सहभागीहरूलाई तस्बिर खिच्नका लागि आकर्षक स्थानमा सेल्फी पोइन्ट बनाउने पनि प्रचारप्रसार उपसमितिको तयारी छ। उद्घाटनको दिन बिहान ९ बजेदेखि कार्यक्रमस्थलमा रक्तादान कार्यक्रम गर्ने, कार्यक्रम अवधिभर ७ देखि १० गतेसम्म स्वास्थ्य शिविर रहने, नेपाली काँग्रेस, लोकतन्त्र, समाजवाद र समय सान्दर्भिक विषयका पुस्तक बिक्री वितरण कक्ष राख्ने तयारी रहेको छ।

प्रकाशित: २ फागुन २०८० १८:१७ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast