कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दु:खद् : अध्यक्ष लम्साल

हिमाल प्रेस ९ फागुन २०८० १७:२६ | Wednesday, February 21, 2024
कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दु:खद् : अध्यक्ष लम्साल

काठमाडौँ- नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेट्ने गरी कुनै पनि प्रस्ताव नआएकोमा दुःख व्यक्त गरेका छन्। प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन भएका अध्यक्ष लम्सालले महासमिति बैठकमा बुधबार आफ्नो धारणा राख्दै बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद् भएको बताएका हुन्। उनले सञ्चार क्षेत्रले जताततै चुनौती भोगिरहेको बताए।

‘प्रेस, न्यु मिडिया, पत्रकारिता जगत‌्‌ले भोगिरहेका चुनौतीबारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन। कांग्रेसजस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रको विषयमा केही नबोल्नु दुःखद् छ’, लम्सालले भने। उनले गुट बनाउन र आफ्न्नो मान्छे बनाउनबाहेक अन्य परिणाममुखी काम गर्न फुर्सद नभएको भन्दै नेतृत्वको आलोचना गरे। कांग्रेसले आफूलाई बलियो बनाउन सबै तहका नेता सुध्रिनुपर्ने उनको भनाइ छ।

लम्सालले पार्टीबाट निर्वाचित नेताहरू वडा तह, प्रदेश तह र केन्द्र तहसम्म भ्रष्टचारको गन्ध बढ्दै गएको भन्दै गठबन्धनका कारणसमेत धेरै क्षेत्रमा कांग्रेसीहरूले अवसर गुमाउनुपरेको बताए।

महासमिति सदस्य तथा अग्रज पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने बताए।

प्रकाशित: ९ फागुन २०८० १७:२६ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast