कांग्रेससँग एक्लै चुनाव लड्न सक्ने तागत छ : सहमहामन्त्री उपाध्याय

हिमाल प्रेस १० फागुन २०८० १९:३८ | Thursday, February 22, 2024
कांग्रेससँग एक्लै चुनाव लड्न सक्ने तागत छ : सहमहामन्त्री उपाध्याय

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डीना) ले कांग्रेससँग एक्लै चुनाव लड्न सक्ने तागत भएको बताएका छन्। बिहीबार पार्टीको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसमा अन्तर्घात अन्त्य भए कसैले चुनाव हराउन नसक्ने बताएकी हुन्।

‘गत निर्वाचनमा कति क्षेत्रमा नेपाली कांग्रेस रुख हेर्नै पाएन देखनै पाएन भेट्नै पाइएन भन्ने गुनासो छ। यो सत्य हो,’ उनले भनिन्, ‘तर यति भन्दै गर्दा क्रियाशील सदस्यहरूको भोट हराएको विषय किन उठेन म यहाँ सोध्न चाहन्छु। एक्लै लड्न सक्ने तागत हामीसँग छ।’

उनले महासमिति बैठकमा महिलाको विचार, देशको विचार, संगठनको विचारको आवाज उठ्नु भनेकै कांग्रेस थप बलियो भएको पनि बताइन्। उनले अब गाउँगाउँबाट कांग्रेसको पुरानो तागत फर्काउन लाग्न ढिला गर्न नहुने पनि बताइन्। ‘अब कांग्रेसको तागत फर्काउँ। अबको युग महिलाको युग हो। अबको आन्दोलन महिलाको आन्दोलन हो,’ उनले भनिन्।

प्रकाशित: १० फागुन २०८० १९:३८ | Thursday, February 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast