 नेपाली कांग्रेसको महासमिति बैठकका सहभागी। तस्बिर : हिमाल प्रेस
                             नेपाली कांग्रेसको महासमिति बैठकका सहभागी। तस्बिर : हिमाल प्रेस
                                            काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै भएको बताएका छन्। उनले महासमिति बैठकपछि कांग्रेसजनमा उत्साह थपिएको पनि बताए। महासमिति बैठकले नेताहरूबीच पनि एकता कायम गरेको उनको भनाइ छ।
‘हामी उत्साह लिएर हामी जिल्ला फर्किँदैछौँ। हामीबीच एकता भएको छ। अलिअलि भएको मतभेद पनि हटेको छ’, सिटौलाले भने, ‘संगठन परिचालन गरेर आउने चुनावबाट धेरै मत र धेरै हाम्रा साथी निर्वाचित गराउन लागौँ।’ महासमितिले बैठकले धेरै विषयमा मन्थन गरेको उनले बताए।
‘कांग्रेसले धेरै चुनौती सामना गरेको छ। सबै चुनौती पन्छाएर लोकतान्त्रिक समाज बनाउने बुद्धि र तागत सबै कांगेससँग छ। देशलाई सही दिशामा लैजान सक्ने तागत कांग्रेससँग मात्रै छ।’
सिटौलाले संविधान बचाउने र संविधानका माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्ने दल कांग्रेसमात्रै भएको पनि बताए। ‘संविधान बचाउने र संविधानको माध्यमबाट जनताको अधिकार सुनिश्चित गर्न हामी सक्षम छौँ। हामी कांग्रसलाई घुनपुत्लो लगाउन दिदैँनौँ। हामी राजनीतिमा पथपर्दशक पनि हौँ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 