कसरी चिन्ने नक्कली नोट?

हिमाल प्रेस ८ फागुन २०८० ७:३८ | Tuesday, February 20, 2024
कसरी चिन्ने नक्कली नोट?

काठमाडौँ- कुनै बेला नक्कली नोटको बिगबिगी चल्छ। राष्ट्र बैंकले पनि यस विषयमा सतर्कता अपनाउन सर्वसाधारणलाई अपिल समेत गरेको छ। राष्ट्र बैंकले नोटको सही पहिचान गरेर मात्रै बुझ्न आग्रह गरेको छ ।

  • आँखाले देख्न सकिने केही विशेषताहरूको नोटमा रहेका हुन्छन्। यसबारे पहिचान गरेर नोट सक्कली हो कि नक्कली भनेर छुट्याउन सकिन्छ।

जस्तैः सक्कली नोटमा पानी छाप हुने गर्दछ जसलाई उज्यालोमा राखेर हेर्दा लालिगुराँस फूलको आकृति स्पष्ट रुपमा देखिन्छ। नक्कली नोटमा यस्तो पानी छाप स्पष्ट रूपमा देखिंदैन।

  • सक्कली नोटमा सुरक्षण धागो हुन्छ जसलाई उज्यालोमा राखेर हेर्दा अंग्रेजीमा NRP लेखिएको हुन्छ र जसले कुनै पनि अक्षर छोपेको हुँदैन। नक्कली नोटमा भएको यस्तो धागोमा अक्षर छोपेको हुन् सक्दछ।
  • सक्कली नोटमा प्रयोग भएको कागज केही खस्रो हुन्छ र प्रिन्टको गुणस्तर पनि राम्रो हुन्छ । नक्कली नोटको कागज चिप्लो हुन्छ र प्रिन्टको गुणस्तर राम्रो हुँदैन ।
  • सक्कली नोटको रंग पानीमा भिज्दा पनि खुइलिंदैन तथा लत्पतिंदैन भने नक्कली नोट पानीमा भिज्दा रंग खुइलिन्छ तथा लत्पतिन्छ । राष्ट्र बैंकको सहयाेगमा
प्रकाशित: ८ फागुन २०८० ७:३८ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast