कम्युनिस्ट एक हुँदैछन्, राष्ट्रियसभा अध्यक्ष गुमाउँदा ओठमुख सुक्ला : रमेशजंग रायमाझी

हिमाल प्रेस ९ फागुन २०८० १५:३२ | Wednesday, February 21, 2024
कम्युनिस्ट एक हुँदैछन्, राष्ट्रियसभा अध्यक्ष गुमाउँदा ओठमुख सुक्ला : रमेशजंग रायमाझी

ललितपुर– नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले गठबन्धन नगर्ने भनिरहँदा राष्ट्रियसभा अध्यक्ष गुम्यो भने कसले जिम्मा लिन्छ भन्दै प्रश्न गरेका छन्। कांग्रेसको जारी महासमिति बैठकमा बुधबार बोल्दै उनले निर्वाचन लड्ने बेलामा सबैलाई गठबन्धन चाहिने अनि टिकट नपाएपछि गठबन्धन खराब भन्ने भन्दै प्रश्न गरे।

रायमाझीले यही अवस्थामा राष्ट्रियसभा अध्यक्ष पद गुमाउन खोजेको हो भन्ने प्रश्न तर्साए। राष्ट्रियसभा अध्यक्ष संवैधानिक पद भएकाले पनि त्यो पनि गुमाउने हो भन्ने प्रश्न उनको थियो।

‘राष्ट्रियसभा अध्यक्षको पद खालि हुँदैछ। कांग्रेसलाई संवैधानिक परिषद् सदस्य बनाउनुपर्छ भनेर कुरा अघि बढिरहेका बेलामा गठबन्धन तोड्ने भनेको के हो? कांग्रेसले त्यो गुमाउन खोजेको हो?’ उनको प्रश्न थियो। पटकपटक पद पाएकाले गठबन्धनको विरोध गरिरहेको भन्दै उनले अहिले निर्वाचित भएर गठबन्धन तोड्नु सोही व्यक्ति लागिपरेको जिकिर गरे।

‘गठबन्धन अहिलेको आवश्यकता हो। एउटा नेताले शेरबहादुरले गरेको मात्र गठबन्धन हैन, गठबन्न्धन आवश्यक नभएको भए नयाँ नेतृत्वलाई निर्णय गर्न दिँदा हुन्छ। अहिले ८४ र ८२ भनेर हिँड्ने?’ उनले भने, ‘कम्युनिस्ट एक हुँदैछन्। ओठमुख सुकाउने अवस्था भोलि नबनोस्। राष्ट्रियसभा अध्यक्ष गुमाउने काममा पार्टी नलागोस्।

प्रकाशित: ९ फागुन २०८० १५:३२ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast