कन्चनपुरका राजकुमारको हत्या आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ

हिमाल प्रेस २८ माघ २०८० १५:१४ | Sunday, February 11, 2024
कन्चनपुरका राजकुमारको हत्या आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीका एक सहायक हवल्दार व्यक्ति हत्यार आरोपमा पक्राउ परेका छन्। कञ्चनपुरका राजकुमार रानाको मृत्यु प्रकरणमा महेश चौधरी र चेतराज भण्डारीलाई पक्राउ गरेको हो। महेश चौधरी प्रहरीका सहायक हवल्दार हुन्।

गत असोजमा लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमारको शव कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा फेला परेको थियो। पीडितका आफन्तले दिएको जाहेरीको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। कन्चनपुर प्रहरीका एसपी कमल थापाका अनुसार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गर्ने काम भइरहेको छ। ‘यो केसमा अनुसन्धान भइरहेको छ,’ उनले हिमालप्रेससँग भने, ‘अनुसन्धानकै क्रममा भएकोले थप पछि नै थाहा होला।’

प्रकाशित: २८ माघ २०८० १५:१४ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast