एमाले बाजुराको अध्यक्षमा भरतबहादुर

हिमाल प्रेस २९ माघ २०८० ७:३३ | Monday, February 12, 2024
एमाले बाजुराको अध्यक्षमा भरतबहादुर

काठमाडौँ- नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा भरतबहादुर थापा चयन भएका छन् ।

जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेशमा निर्वाचित भएपछि जिल्ला कमिटी बैठकले अध्यक्ष पदमा भरत बहादुर थापालाई सर्वसम्मत निर्णय गरेको हो।

उपाध्यक्षमा उपसचिव जनक कुमार बोहरा, सचिवमा कार्यालय सचिव काशी बहादुर विकलाई समेत सर्वसम्मतबाट जिल्ला कमिटीले निर्णय गरेको छ ।

भरत थापाको अध्यक्षमा बसेको बैठकले अगामी जिल्ला अधिवेशन चैत्र १६ र १७ मार्तडीमा गर्ने समेत निर्णय गरेको छ।

 

प्रकाशित: २९ माघ २०८० ७:३३ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast