‘उपहार’को ट्रेलरमा पारिवारिक कथा

हिमाल प्रेस ४ फागुन २०८० १२:५२ | Friday, February 16, 2024
‘उपहार’को ट्रेलरमा पारिवारिक कथा

काठमाडौँ- फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट शुक्रबार फिल्मको सार्वजनिक गरिएको हो।
तीन मिनेट छ सेकेन्डको ट्रेलरमा महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्यदेखि पारिवारिक कथालाई प्रेम, रोदन, खुसी, पीडा र कमेडीको समिश्रणमा प्रस्तुत गरिएको छ।

परिवार पाल्न सडकमा चिया बेचिरहेकी चिया व्यापारीको रुपमा अभिनेत्री रेखा थापा छिन्। त्यस्तै ट्याक्सी ड्राइभर  मुकुन भुसाल, बेनिशा हमाल वकिल बनेका छन्। फिल्ममा अन्य कलाकार पूजा शर्मा, पूजा शर्मा, तेज गिरी, समर्पण जंग कार्की, शिशिर राणा, अंशु महर्जनलगायत कलाकारको अभिनय छ।

यही फागुन २५ देखि प्रदर्शन हुने फिल्मका निर्देशक ज्ञानेन्द्र देउजा हुन्। बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन्।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, सुलक्षण भारतीको कथा, भारतीसँगै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सास्वत श्रेष्ठको ब्याग्राउन्ड स्कोर तथा मित्र डि गुरुङको सम्पादन छ।

प्रकाशित: ४ फागुन २०८० १२:५२ | Friday, February 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast