उपनिर्वाचन : मतदाताको अन्तिम नामावली चैत २२ गते प्रकाशन गरिने

हिमाल प्रेस १६ फागुन २०८० १६:१३ | Wednesday, February 28, 2024
उपनिर्वाचन : मतदाताको अन्तिम नामावली चैत २२ गते प्रकाशन गरिने निर्वाचन आयोग

काठमाडौँ- वैशाख १५ गते हुने उपनिर्वाचनका लागि फागुन २८ गते मतदाताको नामावली प्रकाशिन गरिने भएको छ। निर्वाचन आयोगले बुधबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो। २०८० फागुन २८ गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिनेछ।

मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्ठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन २०८० फागुन २९ गतेदेखि २०८० चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको आयोगले जनाएको छ। यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानुन बमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिनेछ।

अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली २०८० चैत २२ गते प्रकाशन गरिने कार्यक्रम रहेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

इलाम २ र बझाङको प्रतिनिधिसभा–१ को प्रदेशसभा (क) मा वैशाख १५ गते मतदान हुने कार्यक्रम छ।

प्रकाशित: १६ फागुन २०८० १६:१३ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast