उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता

हिमाल प्रेस १४ फागुन २०८० १७:०२ | Monday, February 26, 2024
उपनिर्वाचन : चैत २४ गते उम्मेदवारी दर्ता निर्वाचन आयोग

काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ। आउँदो वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने निर्वाचनका निम्ति कार्यतालिका स्वीकृत गरिएको हो।

कार्यतालिका अनुसार, यही फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरिनेछ। आउँदो चैत २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। दल दर्ताका निम्ति फागुन २४ देखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए।

चैत २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले जानकारी दिए। चैत २४ देखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन गरिनेछ। चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। चैत २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।

 

प्रकाशित: १४ फागुन २०८० १७:०२ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast