इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल

हिमाल प्रेस ३ फागुन २०८० १५:२१ | Thursday, February 15, 2024
इलेक्ट्रिक लक्जरी ओरा ०३ ईभीमा इलेक्ट्रिफाइङ डिल

काठमाडौँ- भीभी इम्पेक्स प्रालिले इलेक्ट्रिफाइङ डिलका साथ आफ्नो लोकप्रिय लक्जरी ओरा ०३ इलेक्ट्रिक क्रसओभरका लागि नयाँ बिक्री प्रचार योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले ओरा ०३ इलेक्ट्रिक क्रसओभरको खरिदमा ५ लाख रुपैयाँ बराबरको लाभ लिन सक्ने भीभी इम्पेक्स प्रालिले जनाएको छ।

योजना अवधि माघ २८ देखि फागुन ३० सम्म छ। जसमा ग्राहकले आकर्षक नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षसम्मको बृहत् बिमा, ७ किलोवाट एसी फास्ट चार्जर र गाडीका एक्सेसरिज प्राप्त गर्न सक्नेछन्।

ओरा ब्रान्डअन्र्तगत ओरा ०३ ईभीे सबैभन्दा लोकप्रिय मोडलमध्ये एक हो। जुन जिडब्लुएमको इलेक्ट्रिक सवारीसाधनमा पर्दछ। यसको रेट्रो–मोर्डन डिजाइन, राम्रो बिल्ड क्वालिटी र आधुनिक सुविधाले भरिपूर्ण भएका कारण अस्ट्रेलिया, न्युजिल्यान्ड, इंगल्यान्ड, जर्मनी, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण अफ्रिका, ब्राजिल, चिलीजस्ता देशहरूमा छिटो र धेरै लोकप्रियता पाइरहेकोे छ।

प्रकाशित: ३ फागुन २०८० १५:२१ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast