इन्डियन आइडलको उत्कृष्ट १० मा पुग्न सफल मेनुकालाई राष्ट्रपतिको सम्मान

हिमाल प्रेस २९ माघ २०८० १६:१९ | Monday, February 12, 2024
इन्डियन आइडलको उत्कृष्ट १० मा पुग्न सफल मेनुकालाई राष्ट्रपतिको सम्मान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘इन्डियन आइडल– सिजन १४’को उत्कृष्ट १० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन्। सोमबार शीतल निवासमा राष्ट्रपति पौडेलले मेनुकालाई बधाई दिँदै सम्मान गरेका हुन्।

सम्मानपछि पौडेलले मेनुकाको परिश्रम, मेहनत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताए। मेहनत र क्षमता देखाएर देशका छोराछोरीले मुलुकको शान र गौरव बढाउने उनको भनाइ थियो।

मेनुका माघ २१ गते ‘इन्डियन आइडल– सिजन १४’ बाट बाहिरिएकी थिइन्।

प्रकाशित: २९ माघ २०८० १६:१९ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast