आर्मीलाई २० वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि

विजय नेपाल २० माघ २०८० १६:१२ | Saturday, February 3, 2024
आर्मीलाई २० वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा- त्रिभुवन आर्मी क्लबले २० वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबार फाइनलमा पाँचौंपटकको विजेता थ्रीस्टारलाई ०–३ गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधिसहित १२ लाख रुपैयाँ जितेको हो। ५ वर्षअघि फाइनलमा थ्रीस्टारले टाइब्रेकरमा आर्मीलाई हराएको थियाे।

२०६० सालदेखि योसहित १५औँ पटकसम्म पोखरा रंगशालामा फुटबल खेल्न आएको आर्मी यसअघि चारपटक फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित थियो। फाइनलमा जितका लागि आर्मीका क्याप्टेन जिलेप्सीजंग कार्कीले खेलको ३८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। सिद्धान्त चौधरीले दायाँ साइडबाट हानेको कर्नरमा विपक्षीको बक्सको बायाँ साइडमा अनमार्क जिलेस्पी हेड प्रहार गर्दै सुन्दर गोल गरे।

दोस्रो हाफमा आर्मीले २ गोल थपेको हो। खेलको ८३औँ मिनेटमा फत्तेमान घले र इन्जुरी टाइममा वसन्त जिम्बाले गोल गरे। अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा थ्रीस्टारले केही राम्रा अवसर गुमाउँदा सर्वाधिक उपाधिका लागि नेपाल पुलिस र मनाङसँग बराबरी गर्न चुक्यो। उपविजेताले ६ लाख पुरस्कार पाएको छ।

सहारा क्लब पोखराको आयोजननामा १२ टिमले भाग लिएको प्रतियोगिता गत माघ ९ गतेदेखि सुरु भएको थियो। फाइलन खेल हेर्न १० हजार बढी दर्शक रंगशालामा उपस्थित थिए।

प्रकाशित: २० माघ २०८० १६:१२ | Saturday, February 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast