आरजु राणाको प्रश्न : दूध किसानको पैसा तत्काल तिर्न दिएकाे निर्देशन कहाँ पुग्यो?

हिमाल प्रेस १४ फागुन २०८० १४:३३ | Monday, February 26, 2024
आरजु राणाको प्रश्न : दूध किसानको पैसा तत्काल तिर्न दिएकाे निर्देशन कहाँ पुग्यो?

काठमाडौँ-  नेपाली काग्रेसकी सांसद आरजु राणा देउवाले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेकी छन्।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी सांसद् राणाले आइतबारको प्रतिनिधिसभामा आफ्नो समितिले किसानहरूलाई दूधको भुक्तानी अविलम्ब गर्न भनेर दिएको निर्देशन कार्यान्वनयको प्रक्रियाबारे चासो राखेकी हुन्।

‘कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध किसानको पेमेन्टका लागि निर्देशन पठाएको थियो। यो अहिले कहाँ पुग्यो? भनेर सरकारलाई सभामुखमार्फत ताकेता गर्न माग गर्दछु’, उनले भनिन्।

प्रकाशित: १४ फागुन २०८० १४:३३ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast