आज वर्षा र हिमपातको सम्भावना

हिमाल प्रेस ८ फागुन २०८० ५:४७ | Tuesday, February 20, 2024
आज वर्षा र हिमपातको सम्भावना

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मंगलबार दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम ,कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: ८ फागुन २०८० ५:४७ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast